
पोखरा । आइतबार अहिले प्रदेश १ का पहाडी भूभागमा आंशिक देखि सामान्य वदली रही बाँकी भू–भागहरूमा आंशिक रहको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आइतबार दिउँसो गण्डकी प्रदेश, प्रदेश १ र बाग्मती प्रदेशका पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ को एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।
यस्तै राति पनि गण्डकी प्रदेश, प्रदेश १, बाग्मती, कर्णाली र सुदुर पश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ को एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।
कमेन्ट गर्नुहोस्
