पोखराका ८ सहित गण्डकी प्रदेशमा ५२ कोरोना संक्रमित थपिए

Share:

पोखरा । गण्डकी प्रदेशमा आइतबार बिहान ५२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

आइतबार बिहान कास्कीका ८ जना सहित तनहुँका १६ जना, गोरखाका ३ जना, स्याङजाका ५ जना, लमजुङका १ जना र नवलपुरका १९ जना गरि थप ५२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएको हो ।

कास्कीका संक्रमित सबै पोखरा महानगरपालिकाका हुन् ।

संक्रमण पुष्टि हुनेहरुमा पोखरा महानगरपालिका वडा नं. ९ का २० र २५ वर्षीया महिला, वडा नं. १० का ५७ वर्षीय पुरुष तथा ५ वर्षीया बालिका सहित ३३ वर्षीया महिला, वडा नं. १४ की ४३ वर्षीया महिला, १६ का ४५ वर्षीय पुरुष र वडा नं. २१ की ३० वर्षीया महिला, तनहुँको शुक्लागण्डकीका वडा नं. ९ का २८ वर्षीय पुरुष वडा नं. ६ का २१ वर्षीय पुरुष तथा १२ वर्षीया बालिका सहित ३५ र ६८ वर्षीया महिला, वडा नं. १० का २७ वर्षीय पुरुष, वडा नं. ४३ वर्षीय पुरुष, व्यास वडा नं. २ का ८ वर्षीय पुरुष सहित ३१,२७ र ४८ वर्षीय पुरुष, भानु वडा नं. ३ की ५८ वर्षीया महिला रहेका छन् ।

यसैगरी स्याङजाको चापाकोट वडा नं. ३ का २४ वर्षीय पुरुष, वालिङ वडा नं. ६ का २१ र २६–२६ वर्षीय पुरुष तथा वडा नं. १४ का २६ वर्षीया महिला, लमजुङ सुन्दरबजार वडा नं. ९ की ५६ वर्षीया महिला, गोरखाको गोरखा नगरपालिकाका वडा नं. ६ का ४६ वर्षीय पुरुष, वडा नं. २ का ३५ वर्षीया महिला र वडा नं. ११ का ३० वर्षीया महिला एवं नवलपुर गैंडाकोटका वडा नं. १३ का ५८ वर्षीय पुरुष, वडा नं. ११ का ८ वर्षीया बालिका, वडा नं. ७ का २९ र ५० वर्षीय पुरुष, वडा नं. ११ का ६१ वर्षीय पुरुष, वडा नं. ६ का ३१ वर्षीया महिला, वडा नं.१का ३८ वर्षीय पुरुष, वडा नं. १५ का ३० वर्षीय पुरुष, वडा नं. ४ का २९ वर्षीया महिला, वडा नं.९ का ४७ र २६ वर्षीय पुरुष, वडा नं. १६ का ३० वर्षीय पुरुष, देबचुलीका वडा नं. ९ का २६ वर्षीया महिला, वडा नं. ३ का ५० वर्षीय पुरुष, वडा नं. १६ का ३२ वर्षीया महिला, कावासोती वडा नं. १ का ६१ वर्षीय पुरुष, वडा नं. १६ का ६२ वर्षीया, मध्यविन्दु वडा नं. १५ का ५७ वर्षीया महिला, वडा नं. ८ का ३४ वर्षीय पुरुषमामा पनि कोरोना संक्रमण देखिएको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ६ सय ८५ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: