
काठमाडौँ । छिमेकी देश भारतमा कोरोना भाइरस संक्रमितको संख्या ७४ लाख ९२ हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा ६२ हजार ९२ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ७४ लाख ९२ हजार ७२७ पुगेको छ ।
यस्तै त्यहाँ पछिल्लो २४ घण्टामा थप १०३२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख १४ हजार ६४ पुगेको छ ।
त्यहाँ कोरोना संक्रमणमुक्त हुनेको संख्या ६५ लाख ९४ हजार ३९९ पुगेको छ । भारत कोरोना संक्रमणबाट सबैभन्दा धेरै प्रभावित दोस्रो मुलुक हो ।
कमेन्ट गर्नुहोस्
