
नवलपुर । नवलपुरमा थप ५ कोरोना संक्रमित थपिएका छन् । वि.पि. कोइराला स्मृती क्यान्सर अस्पताल, चितवनमा गरिएको परिक्षणका क्रममा नवलपुरका दुई पालिकाका ५ पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार नवलपुर गैंडाकोट वडा नं. ७ का ४० वर्षीय, वडा नं. ११ का २७ वर्षीय, वडा नं. ५ का ४२ वर्षीय पुरुष तथा देवचुली वडा नं. १ का ४८ र ४९ वर्षीय पुरुष गरी ५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस अघि आजै नवलपुरमा १९ कोरोना संक्रमित थपिएका थिए ।
यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ६९० पुगेको छ ।
कमेन्ट गर्नुहोस्
