
पोखरा । पोखराको चरक मेमोरियल हस्पिटलमा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कोरोना संक्रमण भई हस्पिटलमा उपचाररत पोखरा ९ की ७० वर्षीया बृद्धा महिलाको उपचारका क्रममा आइतबार बिहान ८ः४५ बजे मृत्यु भएको हो ।
ती महिलामा उच्च रक्तचाप र निमोनिया लगायतका समस्या रहेको निर्देशनालयले जनाएको छ ।
चरक हस्पिटलमा हालसम्म ३ कोरोना संक्रमितको ज्यान गएको छ ।
कमेन्ट गर्नुहोस्
