
पोखरा । गण्डकी प्रदेशमा आइतबार दिउँसो ४० कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कास्कीका २२ जना, तनहुँका ४, बाग्लुङका ५, गोरखाका ६, लमजुङका ३ जनामा कोरोना संक्रमण देखिएको हो ।
संक्रमित हुनेमा कास्कीको अन्नपूर्ण गाउँपालिकाका ४० वर्षीया महिला र ३८ वर्षीय पुरुष, पोखरा महानगरपालिका वडा नं. ७ का ४० र ४६ वर्षीया महिला तथा ४८, ५७, ५४ र ५२ वर्षीय पुरुष, वडा नं. ९ का २९ वर्षीय पुरुष, वडा नं. ३० का २७ वर्षीया महिला, वडा नं. १५ का २३ वर्षीया महिला, वडा नं.११ का २१ वर्षीय पुरुष, वडा नं.५ का २३ र ४९ वर्षीया महिला, वडा नं. ८ का २५ र ३९ वर्षीय पुरुष, वडा नं.१६ का ४६ वर्षीया महिला, वडा नं.११ का ३६ वर्षीय पुरुष, वडा नं.७ का ४६ वर्षीया महिला तथा ४८, ५७, ५४ र ५२ वर्षीय पुरुष, वडा नं. १७ का ४८ र ३२ वर्षीय पुरुष तथा ४३ र १७ वर्षीया महिला रहेका छन् ।
यस्तै तनहुँको बन्दीपुर वडा नं.१ का ४० वर्षीय पुरुष, वडा नं.३ का ४० वर्षीया महिला, जिपी अस्पतालमा कार्यरत २४ र २६ वर्षीया दुई महिला, बाग्लुङको जैमिनी वडा नं. १ का ४८ वर्षीय पुरुष, वडा नं.६ का २८ र ४७ वर्षीया महिला, बरेङ वडा नं. ३ का २३ वर्षीय पुरुष, बाग्लुङ नगरपालिका वडा नं.९ का ५७ वर्षीय पुरुष, गोरखा पालुङटार वडा नं.१ का २१ वर्षीय पुरुष तथा ४० वर्षीया महिला, भीमसेनथापा गाउँपालिका वडा नं.३ का ५६ वर्षीया महिला, गण्डकी गाउँपालिका वडा नं.४ का १७ वर्षीया महिला तथा १९ र २५ वर्षीय वर्षीय पुरुष, लमजुङको राईनास वडा नं.७ का २२ वर्षीया महिला र मध्यनेपाल वडा नं.६ का २५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ७३० पुगेको छ ।
