
काठमाडौँ । नेपालमा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ सय ३९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो कुल संक्रमितको ०.६ प्रतिशत हो ।
यसैगरी नेपालमा थप २ हजार ९४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा १११७ जना महिला र १८२५ जना पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
आज काठमाडौँ उपत्यकामा १ हजार ६९८ जना कोरोना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार काठमाडौँमा १४६९ जना, भक्तपुरमा ९९ र ललितपुरमा १३० जना नयाँ संक्रमित भेटिएका हुन्।
योसँगै देशमा कुल संक्रमितको संख्या १ लाख ३२ हजार २४६ जना पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा २ हजार ३२६ जना संक्रमणमुक्त भएका छन् । यससँगै निको हुनेको संख्या ९२ हजार १६६ पुगेको छ । यो कुल संक्रमितको ६९.७ प्रतिशत हो ।
हाल देशभर ३९ हजार ३४१ जना सक्रिय संक्रमित छन्। आज १२ हजार ९३३ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी होम आइसोलेसनमा छन्। अहिले ६६ जना भेन्टिलेटरमा र ३०१ जना संक्रमित आइसियूमा उपचाररत रहेका छन् । हाल क्वारेन्टीनमा रहनेको संख्या ४ हजार ८३१ छ।
२४ घण्टामा १४ हजार ८७५ नमुना परीक्षण भएको र हालसम्म १२ लाख ८३ हजार ३५४ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ।
