कास्कीका ९ सहित गण्डकी प्रदेशमा थप १९ जनामा कोरोना पुष्टि

Share:

पोखरा । कास्कीका ९ जना सहित गण्डकी प्रदेशमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कास्कीका ९ जना, तनहुँका ६ जना तथा पर्वत र लमजुङका २/२ जनामा संक्रमण भएको हो ।

संक्रमित हुनेमा पोखराको फेवासिटी अस्पतालबाट नमुना संकलन गरिएको २६ वर्षीया महिला र ४२ वर्षीय पुरुष, मेडिप्लस अस्पतालबाट नमुना संकलन गरिएको ६२ वर्षीय पुरुष तथा ५८ र २९ वर्षीया महिला रहेका छन् ।

यस्तै कास्कीको मादी गाउँपालिकाका ३७ र ४० वर्षीया महिला तथा १४ वर्षीय बालक सहित ४९ वर्षीय पुरुष, तनहुँको भिमाद ६ का २२ वर्षीय पुरुष, ३ का ६२, ३१, ३९, ५६ र ३१ वर्षीय पुरुष, पर्वतको मोदी २ का २९ र ५७ वर्षीय पुरुष एवं लमजुङ सुन्दरबजारका ४१ वर्षीय पुरुष र २५ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ८१६ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: