लोक सेवा आयोगको लिखित परीक्षा स्थगित

440
0
Share:

काठमाडौँ । लोक सेवा आयोगले १६ गतेदेखि लिने सबै लिखित परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ ।

आयोगले सोमबार एक सूचना जारी गर्दै परीक्षामा सहभागी हुने उम्मेदवारमा उत्पन्न भएको डर तथा आयोगका कर्मचारीसमेत सङ्क्रमित भएका कारण अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गरिएको जानकारी दिएको हो ।

कर्मचारीहरु आइसोलेशनमा बस्नुपर्दा परीक्षा सञ्चालन गर्न नसक्ने भएकोले आयोगको पूर्व निर्णय बमोजिम तोकिएका निजामति सेवा, सुरक्षा निकाय र संगठित संस्था तर्फका सम्पूर्ण लिखित परीक्षा स्थगित गरिएको आयोगले जारी गरेको सूचनामा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्
Share: