कोरोना भाइरसः थप ३७९० जनामा पुष्टि, १८ को मृत्यु, २३३५ जना डिस्चार्ज

Share:

काठमाडौँ । नेपालमा थप ३ हजार ७९० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १३७६ महिला र २४१४ जना पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै देशमा कुल संक्रमितको संख्या १ लाख ३६ हजार ३६ जना पुगेको छ।

सोमबार थपिएका संक्रमितमध्ये २३८८ जना काठमाडौँ उपत्यकाका छन् । जसमध्ये काठमाडौँका २००८ जना, ललितपुरका २८१ र भक्तपुरका ९९ जना छन् ।

यसैगरी पछिल्लो २४ घण्टामा थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो कुल संक्रमितमध्ये ०.६ प्रतिशत हो ।योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ७ सय ५७ पुगेको छ ।

२४ घण्टामा २३३५ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । यससँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या ९४ हजार ५०१ पुगेको छ । यो कुल संक्रमितमध्ये ६९.५ प्रतिशत हो ।

हाल देशभर ४० हजार ७७८ जना सक्रिय संक्रमित छन्। आज १३ हजार ८५१ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी होम आइसोलेसनमा छन्। ६३ जना भेन्टिलेटरमा र २८२ जना संक्रमित आइसियूमा उपचाररत रहेका छन्। हाल क्वारेन्टीनमा रहनेको संख्या ४ हजार ४७० छ।

२४ घण्टामा १५ हजार ७१४ परिक्षण भएको र हालसम्म १३ लाख ९१८ पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: