
पोखरा । पोखरामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
पोखराको गण्डकी मेडिकल कलेज (जिएमसी)मा उपचाररत पोखरा महानगरपालिका–२२ का ४४ बर्षीय पुरुषको मंगलबार बिहान ११ः५५ बजे मृत्यु भएको हो ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार ती पुरुषमा सोमबार मात्रै कोरोनाको संक्रमण पुष्टि भएको थियो ।
ती पुरुषमा कोभिड–१९ सहित न्यूमोनिया, श्वासप्रश्वास सम्बन्धि समस्या रहेको थियो ।
यसँगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ५५ पुगेको छ ।
कमेन्ट गर्नुहोस्
