
पोखरा । गण्डकी प्रदेशमा फेरी २० कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य निर्देशनालयका अनुसार मंगलबार साँझ कास्की र नवलपुरका ८,८ जना, पर्वतका ३ जना र स्याङ्जाका १ जना गरी २० जनामा कोरोना संक्रमण देखिएको हो ।
संक्रमित हुनेमा कास्कीको पोखरा महानगरपालिका वडा नं. ८ का २५ वर्षीया महिला, वडा नं. ५ का ६८ वर्षीय पुरुष, वडा नं. ३१ का ३० वर्षीया महिला, वडा नं. १४ का ४२ वर्षीय पुरुष, वडा नं. १३ का ३६ वर्षीय पुरुष, वडा नं. ९ का ३२ वर्षीया महिला तथा २६ वर्षीय पुरुष र कास्कीको मादी गाउँपालिकाका ८८ वर्षीय पुरुष रहेका छन् ।
यस्तै पर्वत महाशिला वडा नं. ५ का ४७ र ३९ वर्षीय पुरुष तथा वडा नं. ३ का ५९ वर्षीय पुरुष, स्याङ्जा हरिनास वडा नं. ४ का ३० वर्षीया महिला एवं नवलपुरको विनयत्रिवेणी वडा नं. १ का ५० वर्षीय पुरुष तथा ३४ र २९ वर्षीया महिला, कावासोती वडा नं. ८ का ४५, ४९, ४५, ३२ र २९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको हो ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार ८७ पुगेको छ ।
