कोरोना भाइरसः नेपालमा थप ३०९३ जनामा संक्रमण पुष्टि, ८ को मृत्यु, २१०८ जना डिस्चार्ज

Share:

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३०९३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

मंगलबार ११७४ महिला र १९१९ जना पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै देशमा कुल संक्रमितको संख्या १ लाख ३९ हजार १२९ जना पुगेको छ।

२४ घण्टामा काठमाडौँ उपत्यकामा १७०२ जना कोरोना संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौँमा १४३१ जना, भक्तपुरमा १४८ र ललितपुरमा १२३ जना रहेका मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

यसैगरी पछिल्लो २४ घण्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ७६५ पुगेको छ । यो कुल संक्रमितमध्ये ०.५ प्रतिशत हो ।

यस्तै २४ घण्टामा २१०८ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । यससँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या ९६ हजार ६०९ पुगेको छ । यो कुल संक्रमितमध्ये ६९.४ प्रतिशत हो ।

हाल क्वारेन्टीनमा रहनेको संख्या ४ हजार २२० छ। २४ घण्टामा १३ हजार ८६१ परिक्षण भएको र हालसम्म १३ लाख १४ हजार ७७९ पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: