पोखराका १९ सहित गण्डकीमा थप ३८ जनामा कोरोना पुष्टि

Share:

पोखरा । गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार दिउँसो कास्कीका १९ जना, पर्वतका १६ जना, म्याग्दी, गोरखा र बाग्लुङका १/१ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको हो ।

निर्देशनालयका अनुसार कास्कीका संक्रमित सबै पोखरा महानगरपालिकाका हुन् ।

संक्रमित हुनेमा पोखरा स्थित मेडीप्लस अस्पतालबाट स्वाव संकलन गरेका ३५ वर्षीया महिला, फेवासिटी अस्पतालबाट स्वाव संकलन गरेका १० वर्षीया बालिका, चरक अस्पतालबाट स्वाव संकलन गरेका २१ वर्षीया महिला तथा ३० र ३२ वर्षीय पुरुष रहेका छन् ।

यस्तै पोखरा वडा नं. १५ का ५४ र ६० वर्षीय पुरुष, वडा नं.१७ का ३० र ७० वर्षीया महिला, वडा नं.१३ का २९ वर्षीय पुरुष, वडा नं.५ का २१ वर्षीय पुरुष, वडा नं.३ का ३२ वर्षीय पुरुष तथा ३० वर्षीया महिला, वडा नं.१६ का ३६ वर्षीय पुरुष, वडा नं.९ का ६० वर्षीय पुरुष, वडा नं.७ का ५० वर्षीय पुरुष, वडा नं.२५ का २५ वर्षीय पुरुष, वडा नं.१२ का ४६ वर्षीया महिला र वडा नं.८ का २७ वर्षीया महिलामा पनि कोरोना संक्रमण देखिएको छ ।

यसैगरी पर्वतको जलजला गाउँपालिकाका वडा नखुलेका २० र ३८ वर्षीया तथा १२ र १३ वर्षीय बालकहरु सहित ३१, ५६, ३४, ४०, ४५, २३, २७, ८४, ३३, ३९, ५० र ३३ वर्षका पुरुष, बाग्लुङका पालिका नखुलेका ४६ वर्षीय पुरुष, गोरखा आरुघाट वडा नं.९ का ३७ वर्षीय पुरुष, म्याग्दी बेनी वडा नं.२ का ३१ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै गण्डाकी पदेशमा कोरोना संक्रमितको संख्या ६ हजार १४३ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: