पोखराका ३ सहित गण्डकी प्रदेशमा फेरी ३० कोरोना संक्रमित थपिए

Share:

पोखरा । गण्डकी प्रदेशमा फेरी ३० जना कोरोना संक्रमित थपिएका छन् ।

बुधबार दिउँसो कास्कीको पोखरा महानगरपालिकाका ३ जना, पर्वतका २ जना, गोरखाका २२ जना र लमजुङका ३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको हो ।

निर्देशनालयका अनुसार कास्कीको पोखरा महानगरपालिका वडा नं. २ का ६१ वर्षीया महिला, वडा नं. ७ का ४८ वर्षीय पुरुष, वडा नं. १४ का ५१ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

यस्तै पर्वतको पैयुँ वडा नं. ५ का ३७ वषीया महिला तथा २२ वर्षीय वुरुष, लमजुङ सुन्दरबजारका ५९, ५५ र ४० वर्षीय पुरुष एवं गोरखाको गण्डकी गाउँपालिका वडा नं. ७ का २४ र ४४ वर्षीया महिला, सहिद लखन गाउँपालिकाका वडा नखुलेका २ र ९/९ वर्षीया बालिकाहरु सहित ४६, २६, ३७, ५६, ८६ र ३५ वर्षका महिला तथा ८, १३ र १४ वर्षीय बालकहरु सहित  ३२, ५५, ३२, ४२, २४, ४६ र ३८/३८ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै गण्डाकी पदेशमा कोरोना संक्रमितको संख्या ६ हजार १७३ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: