कक्षा १२ को परीक्षा मङ्सिर ९ गतेदेखि

Share:

काठमाडौँ । कक्षा १२ को परीक्षा आउँदो मङ्सिर ९ गतेदेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार परीक्षाको तालिका सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो ।

मङ्सिर ९ गतेबाट सञ्चालन हुने परीक्षा १६ गते सकिनेछ । बोर्डले बिहान ८ बजेबाट साढे ९ बजेसम्म सञ्चालन हुने परीक्षा सम्बन्धी समय तालिका समेत सार्वजनिक गरेको छ । शनिबार पनि परीक्षा सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

कोरोना सङ्क्रमण पुष्टि भइ उपचाररत परीक्षार्थीहरुलाई परीक्षामा सहभागी नहुन बोर्डले आग्रह गरेको छ । त्यस्ता परीक्षार्थीहरुका लागि नेपाल सरकारबाट मान्यता प्राप्त प्रयोगशालाद्वारा परीक्षण गरिएको प्रयोगशाला रिपोर्टको आधारमा पछि छुट्टै परीक्षाको व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

यसअघि वैशाख ८ गतेबाट सञ्चालन हुने भनिएको परीक्षा कोरोना भाइरस संक्रमणका कारण स्थगित भएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: