नेकपा गण्डकीका सांसदहरुको चाडपर्व भत्ता कोरोना कोषमा

Share:

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकीका सांसदहरुले चाडपर्व वापतको भत्ता कोरोना कोषमा जम्मा गर्ने भएका छन् ।

बुधबार बसेको नेकपा संसदीय दलको बैठकले चाडपर्व वापत प्राप्त हुने रकम कोरोना नियन्त्रण, उपचार तथा रोकथाम कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

यसअघि बुधबार बसेको गण्डकी प्रदेश मन्त्रिपरिषद्को बैठकले मन्त्रीहरुको चाडपर्व वापतको भत्ता कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: