
पोखरा । देशका अधिकांश क्षेत्रको मौसम आज (बिहीबार) सामान्यतया सफा रहने छ ।
उल्लेखनीय मौसमी प्रणाली नरहेका कारण आज पहाडी क्षेत्रमा आंशिक बदली भए पनि अरु भूभागमा मौसम सफा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ ।
दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ ।
राति भने देशभर मौसम सामान्यतया सफा रहने जनाइएको छ ।
कमेन्ट गर्नुहोस्
