कोरोना संक्रमणबाट पोखराकी ३६ वर्षीया महिलाको मृत्यु

Share:

पोखरा । कोरोना संक्रमणबाट पोखराकी ३६ वर्षीया महिलाको मृत्यु भएको छ ।

कास्कीको पोखरा महानगरपालिका –१३ की ३६ वर्षीय महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तरगत कोभिड १९ उचार केन्द्रमा बुधबार राति ११ बजे उपचारका क्रममा मृत्यु भएको हो ।

उनको आइसियुमा उपचार भइरहेको थियो । उनलाई गत कार्तिक ५ गते कोरोना पुष्टि भएको थियो । यससँगै प्रतिष्ठानमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउने संख्या २० पुगेको छ ।

गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७१ पुगेको निर्देशनालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: