
काठमाडौँ । विश्वमा कोरोना संक्रमितको संख्या ४ करोड ४७ लाख नाघेको छ । वर्ल्डोमिटर्सको पछिल्लो तथ्याङ्क अनुसार विश्वमा संक्रमितको संख्या ४ करोड ४७ लाख ३९ हजार ९१७ पुगेको छ ।
यस्तै विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ लाख ७८ हजार ५२७ पुगेको छ । हालसम्म ३ करोड २७ लाख बढी संक्रमित कोरोना मुक्त भएका छन् ।
सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा ९१ लाख १८ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ भने दोस्रो धेरै संक्रमण भएको मुलुक भारतमा ८० लाख बढी संक्रमित भएका छन् ।
कमेन्ट गर्नुहोस्
