पोखराका ६० जना सहित गण्डकी प्रदेशमा ९८ कोरोना संक्रमित थपिए

Share:

पोखरा । गण्डकी प्रदेशमा शुक्रबार (आज) बिहान ९८ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकीले शुक्रबार बिहान हालसम्म तीन पटक विज्ञप्ति जारी गरी सो बारे जानकारी दिएको हो ।

निर्देशनालयका अनुसार कास्कीमा ६० जना, नवलपुरमा २२ जना, तनहुँमा ८ जना, स्याङ्जामा ३ जना, लमजुङ र गोरखामा २,२ जना तथा पर्वतमा १ जना कोरोना संक्रमित थपिएका हुन् ।

विज्ञप्ति अनुसार कास्कीमा थपिएका ६० जना संक्रमित नै पोखरा महानगरपालिकाका हुन् ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७ हजार १४५ पुगेको छ ।

 

 

कमेन्ट गर्नुहोस्
Share: