कोरोना भाइरसः बिहीबार गण्डकी प्रदेशमा तीन जनाको मृत्यु पुष्टि, १०२ संक्रमित थपिए, ८० डिस्चार्ज

Share:

पोखरा । गण्डकी प्रदेशमा बिहीबार (आज) तीन कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कास्कीको पोखरा महानगरपालिका–१३ की ३६ वर्षीया महिला, पर्वतको कुश्मा नगरपालिका– ६ का ५५ वर्षीय पुरुष र बाग्लुङको गलकोट नगरपालिका–३ का ७२ वर्षीय पुरुषकोे मृत्यु भएको हो ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७३ पुगेको निर्देशनालयले जनाएको छ ।

यसैगरी बिहीबार गण्डकी प्रदेशमा १०२ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७ हजार ४७ पुगेको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले ६ पटक सम्म विज्ञप्ति जारी गरी सो बारे जानकारी दिएको हो ।

प्रदेश अन्तर्गत बिहीबार कास्की जिल्लाका ४६ जना, गोरखाका २७ जना, नवलपुरका १२ जना, तनहुँका ९ जना, म्याग्दीका ५ जना, पर्वतका २ जना र लमजुङका १ जनाका कोरोना संक्राण पुष्टि भएको हो ।

निर्देशनालयका अनुसार कास्कीमा थपिएका संक्रमति मध्य ४० जना पोखरा महानगरपालिकाका हुन् भने अन्नपूर्ण गाउँपालिकाका ३ जना, रुपा गाउँपालिकाका २ जना र मादी गाउँपालिकाका १ जना हुन् ।

निर्देशनालयले जारी गरेको पछिल्लो छैटौं विज्ञप्ति अनुसार कास्कीका १४ जना र तनहुँका २ जना गरी १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेमा कास्कीको पोखरा महानगरपालिका वडा नं.२५ का २४ वर्षीय पुरुष, वडा नं.५का १९ र २५ वर्षीय पुरुष, वडा नं.९ का ३६ वर्षीय पुरुष तथा ६२ वर्षीया महिला, वडा नं.२१ का ३५ वर्षीय पुरुष, वडा नं.१६ का ५६ वर्षीय पुरुष, वडा नं.४ का ३२ वर्षीया महिला, वडा नं. १२ की २५ वर्षीया महिला, वडा नं. १५ का २८ र ३८ वर्षीया महिला, वडा नं.२६ का ४३ वर्षीय पुरुष तथा ३८ वर्षीया महिला, वडा नं. १३ का ५४ वर्षीय पुरुष, तनहुँको शुक्लागण्डकी वडा नं. ८ का १७ र २० वर्षीया महिला रहेका छन् ।

पाँचौ विज्ञप्ति अनुसार कास्कीका १ र नवलपुरका ७ जना गरी ८ जनामा कोरोना संक्रमण दखिएको छ ।

कास्कीको पोखरा वडा नं.१७ का ३५ वर्षीय पुरुष, नवलपुरको कावासोती वडा नं.९ का २१ वर्षीय पुरुष तथा १८ र ४० वर्षीया महिला, गैंडाकोट वडा नं. ७ का ४० वर्षीय पुरुष, वडा नं.८ की ३८ वर्षीया महिला र पालिका नखुलेको २२ वर्षीय पुरुष तथा ३६ वर्षीया महिलामा कोरोना देखिएको हो ।

चौथो विज्ञप्ति अनुसार कास्कीको पोखरा महानगरपालिकाका मात्रै २२ जनामा कोरोना पुष्टि भएको छ ।

संक्रमित हुनेमा पोखरा वडा नं. ५ का ३७ र २९ वर्षीय पुरुष, वडा नं.९का ३८ वर्षीय पुरुष, वडा नं.१५ का २२ वर्षीय पुरुष तथा १५ वर्षीया महिला, वडा नं.३ का ३१ र ३४ वर्षीय पुरुष, वडा नं. ८ का २८ वर्षीय पुरुष, वडा नं.२ का ४५ वर्षीय पुरुष, वडा नं.२९ की ७७ वर्षीया महिला, वडा नं.१० का २८ वर्षीय पुरुष तथा २४ र ५२ वर्षीया महिला, वडा नं.६ का २२, ३४ र २९ वर्षीय पुरुष, वडा नं.१७ का २३ र ४१ वर्षीय पुरुष, वडा नं.७ की २० वर्षीया महिला र वडा नखुलेका ११ वर्षीय बालक सहित ४० र ६० वर्षीय पुरुष रहेका छन् ।

तेस्रो विज्ञप्ति अनुसार तनहुँका १, नवलपुरका ५, लमजुङका १ र गोरखाका २ जना गरी ९ जनामा कोरोना देखिएको छ ।

संक्रमित हुनेमा तनहुँको देवघाट वडा नं. ५ का ४२ वर्षीय पुरुष, नवलपुर देवचुलीका १९ र २१ वर्षीय पुरुष, गैंडाकोट २ का ३० वर्षीय पुरुष, १३ की ३२ वर्षीया महिला, विनयत्रिवेणी २ का ७७ वर्षीय पुरुष, लमजुङ बेसीसहर ११ की ३० वर्षीया महिला, गोरखा पालुङटार ९ का ४२ र १७ वर्षीय पुरुष रहेका छन् ।

देस्रो विज्ञप्ति अनुसार कास्कीका ६ र तनहुँका ६ जना गरी १२ जनामा कोरोना पुष्टि भएको छ ।

संक्रमित हुनेमा कास्कीको पोखरा महानगरपालिका वडा नं. ११ का ३२ वर्षीय पुरुष, रुपा गाउँपालिकाका ३८ र ३६ वर्षीय पुरुष, अन्नपूर्ण गाउँपालिकाका ४२ र ५३ वर्षीय पुरुष तथा ४१ वर्षीया महिला, तनहुँको ऋषिङ १ का २५, ३२, २७ र २३ वर्षीय पुरुष तथा २३ वर्षीया महिला र ८ का २० वषीय पुरुष छन् ।

यस्तै पहिलो विज्ञप्ति अनुसार कास्कीका ३, पर्वतका २, म्याग्दीका ५ र गोरखाका २५ जना गरी ३५ जनामा कोरोना संक्रमण देखिएको थियो ।

संक्रमित हुनेमा कास्कीको पोखरा महानगरपालिका वडा नं. १६ का ४२ वर्षीय पुरुष तथा ३९ वर्षीया महिला, मादी गाउँपालिकाका १९ वर्षीय पुरुष, पर्वतको मोदी गाउँपालिका २ का ३२ वर्षीय पुरुष तथा ५५ वर्षीया महिला, म्याग्दीको रहुगंगा हाइड्रोमा कार्यरत ४१, ५५ र ५० वर्षका पुरुष, बेनीमा नेपाल प्रहरीमा कार्यरत २५ वर्षीय पुरुष, बेनी अस्पतालका कार्यरत स्वास्थ्यकर्मी २७ वर्षीया महिला, गोरखाको अजिरकोट ३ का ४०, २३, २४, ३९ र २७ वर्षका पुरुष, ४ का ४० वर्षीय पुरुष, पालुङटार ३ का ४५ वर्षीय पुरुष, १ की २९ वर्षीया महिला, ५ का १८ र २२ वर्षीय पुरुष तथा १९ र ४१ वर्षीया महिला, २ का २० वर्षीय पुरुष, गोरखा नगरपालिका १३ का ३८ वर्षीय पुरुष, १२ का २७ वर्षीय पुरुष तथा २१ र २२ वर्षीया महिला, १० का १६ वर्षीय पुरुष तथा ३८ वर्षीया महिला, ६ का ३४ वर्षीय पुरुष तथा ४० र ८० वर्षीया महिला, १ का ३८ वर्षीय पुरुष, ८ का ४० वर्षीय पुरुष र वडा नखुलेका २२ वर्षीय पुरुष रहेका छन् ।

त्यस्तै आज गण्डकीमा ८० जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै प्रदेशमा कोरोना मुक्त हुनेको संख्या ४ हजार १४६ पुगेको छ । हाल प्रदेशमा २ हजार ८२९ सक्रिय संक्रमित उपचाररत रहेका छन् ।

बिहीबार प्रदेशमा ५८५ पीसीआर परिक्षण भएको र हालसम्म ८७ हजार ७१२ परिक्षण भएको निर्देशनालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: