आज पहाडी भूभागमा आंशिक बदली हुने

Share:

पोखरा । देशका पहाडी भूभागमा शुक्रबारको मौसम आंशिक बदली रही अन्य भूभागमा सामान्यतया सफा रहनेछ जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले देशका उच्च पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको जनाइएको छ ।

महाशाखाका अनुसार शुक्रबार राति पनि देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ।

हाल कुनै उल्लेखनीय मौसमी प्रणाली नरहेको महाशाखाले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: