
पोखरा । गण्डकी प्रदेशमा फेरी ५३ जना कोरोना संक्रमित थपिएका छन् ।
शुक्रबार दिउँसो कास्कीका ३६ जना, नवलपुरका ५ जना, तनहुँका ४ जना, गोरखा र स्याङ्जाका २,२ जना तथा पर्वत, लमजुङ, बाग्लुङ र म्याग्दीका १, १ जनामा कोरोना संक्रमण देखिएको हो ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कास्कीमा थपिएका सबै संक्रमित पोखरा महानगरपालिकाका हुन् ।
संक्रमित हुनेमा कास्कीको पोखरा महानगरपालिका वडा नं. १० का २८–२८, ५४, ५५ र ५० वर्षीय पुरुष तथा ५५ वर्षीया महिला, वडा नं.५ का २९, ३९, २८ र ३० वर्षीय पुरुष, वडा नं. १८ का ५९ वर्षीय पुरुष, वडा नं.२ का ६८ वर्षीय पुरुष, वडा नं.१९ का ३० वर्षीय पुरुष तथा ३६ वर्षीया महिला, वडा नं.३ का २४ र ४९ वर्षीय पुरुष, वडा नं.१५ का २५ वर्षीय पुरुष, वडा नं.९ का ६६ वर्षीय पुरुष, वडा नं.८ की २७ वर्षीया महिला, वडा नं.२६ का ४० वर्षीय पुरुष, वडा नं.६ का २१, २२, २७ र ३६ वर्षीय पुरुष, वडा नं.४ का २१ र ४० वर्षीय पुरुष, वडा नं.२५ की ३५ वर्षीया महिला, वडा नं.१२ का ४९ र ५० वर्षीय पुरुष, वडा नं.३२ की ३३ वर्षीया महिला, वडा नं.१३ की २४ वर्षीया महिला, वडा नं.७ का ४० वर्षीय पुरुष तथा १३ वर्षीया बालिका, वडा नं.१४ का २१ वर्षीय पुरुष, वडा नं.२ की ४३ वर्षीया महिला तथा वडा नखुलेको ४१ वर्षीया महिला रहेका छन् ।
यस्तै बाग्लुङको बाग्लुङ नगरपालिका वडा नं. ४ का ५३ वर्षीय पुरुष, म्याग्दीको पालिका नखुलेको ७१ वर्षीय पुरुष, तनहुँको पालिका नखुलेको ४८ वर्षीय पुरुष, शुक्लागण्डकीका ३५ वर्षीय पुरुष तथा ५२ वर्षीया महिला, म्याग्दे वडा नं. ५ की ५६ वर्षीया महिला, स्याङ्जाको भिरकोट वडा नं. ७ की १९ वर्षीया महिला, वालिङ वडा नं.३ का २५ वर्षीय पुरुष, गोरखा पालुङटार वडा नं. २ की २५ वर्षीया महिला, वडा नं. ८ का ७३ वर्षीय पुरुष, पर्वतको पालिका नखुलेको २४ वर्षीया महिला, लमजुङको मध्यनेपाल वडा नं. १ की ५५ वर्षीया महिला एवं नवलपुर कावासोती वडा नं. ७ की ५८ वर्षीया महिला, वडा नं. ९ का ४७ वर्षीय पुरुष, गैंडाकोट वडा नं. ६ की २५ वर्षीया महिला, वडा नं. १५ की ६५ वर्षीया महिला, देवचुली वडा नं.१४ की २४ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७ हजार २८१ पुगेको छ ।
