
पोखरा । गण्डकी प्रदेशमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार दिउँसो कास्कीका २८ जना र बाग्लुङका ७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
निर्देशनालयका अनुसार कास्कीका थपिएका संक्रमित सबै पोखरा महानगरपालिकाका हुन् ।
संक्रमित हुनेमा कास्कीको पोखरा महानगरपालिका वडा नं. १ का २१ र २४ वर्षीय पुरुष तथा ४० वर्षीया महिला, वडा नं. ५ का ५५ र २८ वर्षीय पुरुष, वडा नं.७ का १८, ४३, ३३, ४३, ४१, ३३, ४२ र ३१ वर्षीय पुरुष तथा २२ र १८ वर्षीया महिला, वडा नं.१४ का ६ वर्षीय बालक सहित ४१ वर्षीय पुरुष तथा ३६ वर्षीया महिला, वडा नं. १५ का ४० वर्षीय पुरुष, वडा नं. १७ का ४८ र ३६ वर्षीय पुरुष तथा ३२ र ४७ वर्षीया महिला, वडा नं. २० का २४ वर्षीय पुरुष तथा ३० वर्षीया महिला, वडा नं. २२ की २० वर्षीया महिला, वडा नं.२४ का ३५ वर्षीय पुरुष र वडा नं.२६ का ५२ वर्षीय पुरुष रहेका छन् ।
यस्तै बाग्लुङको बाग्लुङ नगरपालिकाका १६, २५, ५१, २६, ४८ र ५८ वर्षीय पुरुष तथा २७ वर्षीया महिलामा पनि कोरोना संक्रमण देखिएको छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७ हजार ३१६ पुगेको छ ।
