कोरोनाः नेपालमा थप ३५१७ संक्रमित थपिए‚ १६ जनाको मृत्यु, ४०९६ डिस्चार्ज

Share:

काठमाडौँ । नेपालमा थप ३ हजार ५१७ जना कोरोना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा १ हजार ३६१ महिला र २ हजार १५६ पुरुष गरी ३ हजार ५१७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौँ उपत्यकामा १ हजार ८८८ कोरोना संक्रमित थपिएका छन्। काठमाडौँमा १ हजार ५ सय ८, भक्तपुरमा १३१ र ललितपुरमा २४९ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ६८ हजार २३५ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ सय २० पुगेको छ। यो कुल संक्रमितको ०.६ प्रतिशत हो ।

यसैगरी २४ घण्टामा ४ हजार ९६ जना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या १ लाख २८ हजार ९५८ पुगेको छ। यो कुल संक्रमितको ७६.७ प्रतिशत हो ।

२४ घण्टामा १४ हजार ९८९ पीसीआर परिक्षण भएको र हालसम्म १४ लाख ३४ हजार ५३ परिक्षण भएको जनाइएको छ ।

हाल देशभर ३८ हजार ३ सय ५७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । हाल ७१ जना भेन्टिलेटरमा र ३०० जना संक्रमित आइसियूमा उपचाररत रहेका छन्। क्वारेन्टीनमा २ हजार ६६६ जना रहेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: