कोरोना भाइरसः शुक्रबार गण्डकीमा २६९ संक्रमित थपिए, २ को मृत्यु, ७५ जना डिस्चार्ज

Share:

पोखरा । गण्डकी प्रदेशमा शुक्रबार (आज) २६९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकीले आज ९ पटक सम्म विज्ञप्ति जारी सो बारे जानकारी दिएको हो ।

आज सबैभन्दा धेरै कास्कीमा १८३ जना कोरोना संक्रमित थपिएका छन् । उनीहरु सबै पोखरा महानरपालिकाका रहेको निर्देशनालयले जनाएको छ ।

यस्तै नवलपुरमा २७ जना, तनहुँमा २१ जना, पर्वतमा १० जना, बाग्लुङमा ९ जना, स्याङ्जामा ७ जना तथा म्याग्दी, गोरखा र लमजुङमा ४/४ जना कोरोना संक्रमित थपिएका हुन् ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७ हजार ३१६ पुगेको छ ।

यस्तै आज गण्डकीमा थप २ कोरोना संक्रमितको मृत्यु भएको छ ।

निर्देशनालयका अनुसार कास्कीको पोखरा महानगरपालिका १५ का ८१ वर्षीय पुरुष र स्याङ्जाको वालिङ नगरपालिका ५ की ७० वर्षीया महिलाको मृत्यु भएको हो ।

यससँगै गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७५ पुगेको छ ।

यसैगरी शुक्रबार प्रदेशमा ७५ जना कोरोना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् ।

प्रदेशमा हाल ३ हजार २० संक्रिय संक्रमित छन् । शुक्रबार ९३४ पीसीआर परिक्षण भएको निर्दे्नालयले जनाएको छ । यससँगै प्रदेशमा ८८ हजार ६४६ परिक्षण भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: