तनहुँमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

Share:

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका २ ढापटार स्थित पृथ्वी राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बिहीबार अन्दाजी ११ बजे आँबुखैरेनीबाट डुर्म्रे तर्फ जाँदै गरेको प्रदेश ३ –०२–१३ प २१०६ नं.को मोटरसाईकल सोहि दिशा तर्फ रोकी राखेको ना ५ ख ८८९२ नं.को ट्रकमा ठोक्किदा उक्त दुर्घटना भएको हो ।

सो दुर्घटनामा परी मोटरसाईकल चालक तनहुँ आँबुखैरेनी गाउँपालिका–४ भागे बस्ने वर्ष अंन्दाजि १९ को अन्जन सुनार घाईते भई उपचारको लागि हाडजोर्नी अस्पताल आँबुखैरेनीमा पठाईएकोमा शुक्रबार दिउँसो ०१ः५० बजे डाक्टरले मृत घोषणा गरेको हो ।

घटनास्थलमा तत्कालै प्रहरी टोलि खटिई दुबै सवारी साधन नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: