टर्की र ग्रिसमा भूकम्प, २२ जनाको मृत्यु

493
0
Share:

काठमाडौँ । टर्की तट र यूनानको सामोस प्रायद्वीपको बीच एजियन सागरलाई केन्द्रविन्दु बनाउँदै शुक्रबार आएको भूकम्पमा परेर अहिलेसम्म २२ जनाको मृत्यु भएको छ।

टर्कीको पश्चिमी भेगमा रहेको तटीय क्षेत्रमा २० जनाको मृत्यु भएको छ भने ग्रिक टापु सामोसमा पर्खाल भत्कँदा २ किशोरकिशोरीको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । त्यस्तै ७०० भन्दा धेरै जना घाईते भएका छन् ।

शुक्रबार अपरान्हमा गएको भूकम्पले कैयौं घर क्षतिग्रस्त बनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: