
पोखरा । पोखरामा कोरोना संक्रमणका कारण थप एक महिलाको मृत्यु भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तरगत कोभिड १९ उपचार केन्द्रको सघन उपचार कक्षमा उपचाररत पोखरा ९ की ६२ वर्षीया संक्रमित महिलाको शनिबार मृत्यु भएको हो ।
कार्तिक १३ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी महिलाको शनिबार विहान ८ः०० बजे मृत्यु भएको हो
यससँगै प्रतिष्ठानमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउने संख्या २३ पुगेको छ ।
हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७६ पुगेको छ ।
।
कमेन्ट गर्नुहोस्
