
पोखरा । पोखरामा बियरको बोतल प्रहारबाट एक पुरुष गम्भीर घाइते भएका छन् ।
पोखरा महानगरपालिका– ३१ वेगनासताल निवासी ५० वर्षीय जुठ्ठे लामाले पछाडिबाट बियरको बोतल प्रहार गर्दा स्थानीय ६१ वर्षीय सुुरसिंह लामा गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
शनिबार बिहान ११.०० बजे भएको उक्त घटनामा गम्भीर घाइते भएका सुरसिंह लामाको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
बोतल प्रहार गर्ने जुठ्ठे लामालाई नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
