नवलपुरमा होम आइसोलेशनमै दुई कोरोना संक्रमितको मृत्यु

Share:

पोखरा । नवलपरासी (ब.सु.पु.) मा होम आइसोलेशनमै बसेको अवस्थामा दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वस्थ्य निर्देशनालय गण्डकीका अनुसार जिल्लाको कावासोती ६ का ६७ बर्षीय पुरुष र गैडाकोट २ का ७७ बर्षीया महिलाको होम आइसोलेशनमा शनिबार मृत्यु भएको हो ।

उनीहरुको सुरक्षा निकाय, जनप्रतिनिधि र स्वास्थ्यकर्मीको निगरानिमा घर परिवारले नै दाहसंस्कार गरेको जनाइएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७८ पुगेको निर्देशनालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: