
पोखरा । कास्कीका १०२ जना सहित गण्डकी प्रदेशमा १८८ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य निर्देशनालय गण्डकीले आइतबार बिहान हालसम्म ५ पटक सम्म विज्ञप्ति जारी गरी सो बारे जानकारी दिएको हो ।
निर्देशनालयका अनुसार कास्की जिल्लाका मात्रै १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा जिल्लाको पोखरा महानरपालिकाका मात्रै १०० जना रहेका छन् भने २ जना रुपा गाउँपालिकाका छन् ।
यस्तै नवलपुरका ३१ जना, तनहुँका २१ जना, लमजुङ र गोरखाका ११/११ जना, स्याङ्जा ६ जना, बाग्लुङका ३ जना, पर्वतका ३ जना र म्याग्दीका १ जनामा कोरोना संक्रमण देखिएको हो ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७ हजार ५०४ पुगेको छ ।
कमेन्ट गर्नुहोस्





