तनहुँको भानुबाट १६ जुवाडे पक्राउ

Share:

तनहुँ । तनहुँको भानु नगरपालिकाबाट १६ जना जुवाडे पक्राउ परेका छन् ।

भानु नगरपालिका–१० चोकमैदान हानहटियामा कौडा खेलिरहेको गोप्य सूचनाको आधारमा प्रहरीले शनिबार १६ जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार पक्राउ पर्नेमा स्थानीय अर्जुन उप्रेती, रामबहादुर परियार, सुनिल तामाङ, रमेश लौडारी, कमल तामाङ, शिवजी श्रेष्ठ, रामकुमार श्रेष्ठ, भरत लौडारी, मखनकुमार श्रेष्ठ, सञ्जय श्रेष्ठ, हेमराज लौडारी, सूर्यकुमार श्रेष्ठ, शङ्कर पाण्डे, शिव पन्त, उद्धव उप्रेती, गजेन्द्र लौडारी रहेका छन् ।

प्रहरीले जुवा खालबाट रु ४८ हजार २७० बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेका प्रहरी निरीक्षक प्रकाश भुषालको नेतृत्वमा गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

कमेन्ट गर्नुहोस्
Share: