कोरोनाः आइतबार कास्कीका २८३ सहित गण्डकीमा हालसम्मकै धेरै ४२४ संक्रमित थपिए, ५ को मृत्यु, ११४ डिस्चार्ज

Share:

पोखरा । गण्डकी प्रदेशमा आइतबार (आज) हालसम्मकै धेरै ४२४ जना कोरोना संक्रमित थपिएका छन् । आइतबार प्रदेश अन्तर्गत कास्की सहित ९ जिल्लाका ४२४ जनामा कोरोना संक्रमण देखिएको हो ।

यस बारे स्वास्थ्य निर्देशनालय गण्डकीले आइतबार ८ पटक सम्म विज्ञप्ति जारी गरी जानकारी दिएको हो ।

आइतबार सबै भन्दा धेरै कास्की जिल्लाका २८३ जनामा कोरोना पुष्टि भएको छ । ती मध्य पोखरा महानगरपालिकाका मात्रै २८० जना हुन् भने मादी गाउँपालिकाका १ जना र रुपा गाउापालिकाका २ जना रहेका छन् ।

यस्तै आइतबार तनहुँका ४१ जना, नवलपुरका ३१ जना, लमजुङका १८ जना, गोरखाका १३ जना, पर्वतका १२ जना, स्याङ्जाका १० जना, बाग्लुङका ९ जना र म्याग्दीका ७ जनामा कोरोना संक्रमण देखिएको हो ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७ हजार ७४० पुगेको छ ।

यस्तै आइतबार गण्डकी प्रदेशमा ५ जना कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ। निर्देशनालयले पोखरा महानगरपालिकाका २ जना, कास्कीको अन्नपूर्ण गाउँपालिकाका १ जना र नवलपुरका २ जनाको मृत्यु पुष्टि गरेको हो ।

यससँगै गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८० पुगेको छ ।

यसैगरी आइतबार प्रदेशमा ११४ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । यो सहित प्रदेशमा कोरोना संक्रमण निको हुनेको संख्या ४ हजार ३३५ पुगेको छ ।

हाल गण्डकी प्रदेशभर ३ हजार ३२५ सक्रिय संक्रमित उपचाररत रहेका छन् ।

आइतबार १ हजार २३० परिक्षण भएको र हालसम्म प्रदेशमा ९० हजार ४२५ परिक्षण भएको निर्देशनालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: