पोखरामा पानी ट्याङ्कीमा डुबेर युवतीको मृत्यु

Share:

पोखरा । पोखराको मालेपाटनमा पानी ट्याङ्कीमा डुबेर एक युवतीको मृत्यु भएको छ ।

रोल्पा लुङ्गे गाउँपालिका–७ घरभई पोखरा–५ मालेपाटन पोखरामा डेरागरी बस्ने २२ वर्षीया दीलमाया मगरको सोमबार बिहान ८ः०० बजे डुबेर मृत्यु भएको हो ।

घरभेटी खड्गकहादुर गुरुङको घरमा रहेको भुईं ट्याङ्कीमा डुबेर मगरको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

उक्त घटनाको बारेमा थप अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: