कोरोना भाइरसः नेपालमा २९३३ संक्रमित थपिए, २४ को मृत्यु, ३१५० जना डिस्चार्ज

Share:

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ९३३ जना कोरोना भाइरस (कोभिड–१९) को संक्रमित थपिएका छन् । आज ११७६ महिला र १७५७ पुरुष गरी २ हजार ९३३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज सबैभन्दा धेरै काठमाडौँमा १३२९ जना संक्रमित थपिएका छन् ।

यस्तै ललितपुरका १९३ जना, चितवनका १६८ जना, रुपन्देहीका १४६ जना, कास्कीका १२७ जना, भक्तपुरका १०८ जना, सुनसरी र काभ्रेका ८५/८५ जना, दाङा ६४ जना, झापाका ६०, गोरखाका ४६ जना, नवलपुरका ४० जना, मकवानपुरका ३३ जना, रौतहटका ३२ जना, मोरङ र सोलुखुम्बुका २९/२९ जना, सिन्धुपाल्चोकका २७ जना, कैलालीका २६ जना, धनुषाका २३ जना, नवलपुरका २१ जना, बाँकेका २० जना, नुवाकोटका १९ जना, पर्साका १५ जना, धादिङका १४, तनहुँका १३ जना र कञ्चनपुरका १२ जनामा कोरोना संक्रमण देखिएको छ ।

बारा, सिराहा, पर्वत र स्याङ्जाका ९/९ जना, दोलखा, रसुवा, सिन्धुली र बर्दिर्याका ८/८ जना, सर्लाही, दैलेख र डडेलधुराका ७/७ जना, महोत्तरी र बाग्लुङका ६/६ जना, दयपुर, लमजुङ, कपिलवस्तु र गुल्मीका ५/५ जना, अर्घाखाँची र सुर्खेतका ४/४ जना, सप्तरी, रामेछाप, पाल्पा र बैतडी ३/३ जना, इलाम, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, रोल्पा र अछामका २/२ जना तथा ओखलढुंगा, प्युठान, डोल्पा र सल्यानका १/१ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै कुल संक्रमितको संख्या १ लाख ७६ हजार ५०० पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै मृतक संख्या ९८४ पुगेको छ । यो कुल संक्रमितको ०.६ प्रतिशत हो ।

हालसम्म १ लाख ३७ हजार ९९२ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ३१५० जना संक्रमणमुक्त भएका हुन् ।

मन्त्रालयका अनुसार २४ घण्टामा १३४४६ पीसीआर परीक्षण भएको र हालसम्म १४ लाख ६९ हजार ८१२ परिक्षण भएको छ।

हाल देशभर ३७ हजार ५२४ सक्रिय संक्रमित छन् । उनीहरुमध्ये ३० हजार ९२४ जना होम आइसोलेसनमा छन् भने अन्य संस्थागत आइसोलेसनमा छन् । ३४७ जनाको आईसीयू र ७४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

हाल क्वारेन्टीनमा रहनेको संख्या २११९ रहेको मन्त्रालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: