एक करोड हुन्डीको रकम सहित काठमाडौँबाट ३ जना पक्राउ

565
0
Share:

काठमाडौँ । हुण्डीका लागि तयारी अवस्थामा राखिएको १ करोड रूपैयाँसहित काठमाडौँबाट तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापाका विकास मित्तल र कमल मित्तल तथा पर्वतका गणेश पौडेल रहेका छन् ।

विशेष सुचनाको आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको टोलीले उनीहरुलाई सोमबार काठमाडौँको ओमबहालबाट पक्राउ गरेको हो ।

पक्राउ परेका कमल र विकास भने दाजुभाइ रहेको र उनीहरुको ओमबहालमा मोबाइल पसल भएको खुलेको छ भने अर्का पौडेलले भने हुन्डीको रकम कलेक्सन गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । उनीहरुले उक्त रकम हुन्डी मार्फत चीन पठाउन लागेका बताइएको छ ।

पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: