वरिष्ठ संगीतकार उदय शमशेर राणाको निधन

458
0
Share:

काठमाडौँ । वरिष्ठ संगीतकार उदय शमशेर राणाको ७४ वर्षको उमेरमा निधन भएको छ ।

नारायणगोपाल र गोपाल योञ्जनका समकालीन, मीतज्यू नाइटका एक वाद्यवादक राणाको गएराति अमेरिकामा निधन भएको हो ।

उनको संगीतमा प्रेमध्वज प्रधान, उदीतनारायण झा, हेमगोपाल, मधु क्षेत्र, प्रकाश श्रेष्ठ, मीरा राणा, उर्मिला मानन्धर, प्रदीपराज पाण्डेलगायत गायकले आधुनिक गीत गाएका छन्।

उनी लामो समय काठमाडौँको ढल्कोमा संगीत सिकाएर बसेका थिए। करीब एक दशकदेखि उनी अमेरिका बस्दै आएका थिए। उनका श्रीमती, दुई छोरा र एक छोरी छन्।

कमेन्ट गर्नुहोस्
Share: