
पोखरा । पोखरामा कोरोना भाइरसको संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तरगत कोभिड १९ उपचार केन्द्रको सघन उपचार कक्षमा उपचाररत पोखरा ५ की ५९ वर्षीया संक्रमित महिलाको सोमबार मृत्यु भएको हो ।
कार्तिक १४ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी महिलाको गए राति ११ ः०० बजे मृत्यु भएको हो ।
यससँगै प्रतिष्ठानमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउने संख्या २६ पुगेको प्रतिष्ठानका निर्देशक सह प्रा.डा. अर्जुन आचार्यले जानकारी दिए ।
हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८१ पुगेको छ ।
कमेन्ट गर्नुहोस्
