कृषि र पर्यटनमुखी व्यवसायमा केन्द्रित हुन लेखा समितिका सभापति खड्काको सुझाव

Share:

पोखरा । गण्डकी प्रदेश सार्वजनिक लेखा समितिका सभापति कुमार खड्काले पोखरा १९ मा निर्मार्णाधिन अमला विसौंनी घार्मी आलेवारी अम्वरेश्वर ग्रामिण सडकको अनुगमन गरेका छन् ।

उक्त सडकलाई राष्टिय योजनामा पार्न महत्वपुर्ण भुमिका खेल्नुभएका सभापति खड्काले निर्मार्णाधिन कालोपत्रे सडकको अनुगमन गर्दै, सडकलाई टिकाउ बनाउनका लागी पानीको उचित निकास र पहिरो संभावित क्षेत्रमा मजवुत वाल हुनुपर्नेमा जोड दिए । उनले सडक संचालन पछि यस क्षेत्रमा विकासको कायापलट हुने बताउँदै अव ग्रामिण क्षेत्रमै रोजगारी सिर्जना हुने र यसले यहाँका जनताको जीवनस्तर नै परिवर्तन हुने बताए । युवाहरुलाई ग्रामिण उद्यमशीलतामा जोड दिंदै, सभापति खड्काले घार्मी पर्यटकीय क्षेत्र पनि भएकाले यहाँ कृषि उत्पादन सहित पर्यटन केन्द्रित व्यवसाय गर्न सुझाव दिए । यस क्षेत्रको विकासमा आफ्नो निरन्तर सहयोग रहने बताउदै उनले बाँकी सडक खण्डको कामलाई पनि छिट्टै सम्पन्न गर्न आवश्यक समन्वय गर्ने स्पष्ट पारे ।

अनुगमनका क्रममा पोखरा १९ का वडाध्यक्ष शोभामोहन पौडेलले स्थानिय सरकार र उपभोक्ता समितिको निरन्तर पहलले सडक निर्माणले गति लिएको बताए । वडाध्यक्ष पौडेलले भैरहेको काम सन्तोषजनक रहेको बताउँदै तिव्र रुपले काम भैरहेकाले यसले छिट्टै पुर्णता पाउने विश्वास व्यक्त गरे । पौडेलले यस सडक निर्माणमा जनताको अधिक पसिना वगेको स्मरण गर्दै छिट्टो काम सम्पन्न गर्न पनि निर्देशन दिए । जारी सडक निर्माणका विविध विषयका अमला विसौंनी घार्मी आलेवारी अम्वरेश्वर ग्रामिण सडक उपभोक्ता समितिका सचिव डिल्लीराम पौडेलले सभापति खड्का, वडाध्यक्ष पौडेल सहितको टोलिलाई जानकारी गराएका थिए । टोलीमा नेकपा पोखरा १९ का सचिव निर्मल वास्तोला, नेपाली काग्रेश पोखरा १९ का सभापति महेश्वर पौडेल, समितिका सचिव डिल्लीराम पौडेल, शिक्षासेवी वैकुण्ढ पौडेल, समाजसेवी रामचन्द्र पौडेल, ऋषिराम पौडेल, पत्रकार प्रकाश अधिकारी, शिशिर पौडेल लगायतका सहभागी थियो ।

पोखरा महानगर पालिका वडा नं. १६ र १९ लाई समेटेर निर्माण भैरहेको करिव १२ किलोमिटर सडक अन्र्तगत हाल ४ किलोमिटर सडक खण्डमा ठेकेदार कम्पनी जि एस आर निर्माण सेवाले सडक निर्माणलाई तिव्रता दिएको हो । करिव आधा किलोमिटर सडक ढलान गरिएको छ भने वाँकी सडकमा कालोपत्रे गर्ने कार्य जारी रहेको निर्माण कम्पनीले जनाएको छ । कालोपत्रे ३ सेन्टी वाक्लो गरिएको छ । चैतमा नै कालोपत्रे गर्ने कार्य सम्पन्न गर्ने योजनाका साथ काम गरेको कम्पनीले लक डाउनका कारण ६ महिना पछी आएर मात्र काम शुरु गरेको जनाईएको छ । भौतिक योजना तथा पुर्वाधार मन्त्रालय गण्डकी प्रदेश सरकारको आयोजना अन्र्तगत कुल ७ करोड ८२ लाखमा ठेक्का लिएको कम्पनीले सडक चक्ल्याउने, नाला निर्माण र रिटेलिङ्ग वालको निर्माण सम्पन्न गरेको छ भने कालोपत्रे गर्ने कार्य शुरु गरेको उपभोक्ता समितिका सचिव पौडेलले जानकारी दिनुभयो ।हाल अमलाविसौनी देखि घार्मीको मैदानसम्म कालोपत्रे गरिने र बाँकी सडक खण्डमा पनि छिट्टै निर्माणको काम गरिने सचिव पौडेलले बताए ।

यस अघि जारी कामको नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री जगत व. विश्वकर्माले पनि निरीक्षण गरेका थिए । दशैं मनाउन आफ्नो जन्मथलो घार्मी आउनुभएका मन्त्री विश्वकर्माले त्यही शिलशिलामा निमार्णाधिन सडकको अवलोकन गरेका हुन् । वि.स. २०४१ सालबाट त्यस क्षेत्रमा सडक लैजान योजना शुरु भएता पनि विभिन्न अवरोध र वजेट अभावका कारण सडक अलपत्र परेको थियो । ३६ वर्ष पछि बल्ल त्यस क्षेत्रमा कालोपत्रे सडक पुगेपछि त्यस क्षेत्रका वासिन्दा हर्षित भएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: