पोखराको सेती नदीमा एक पुरुष मृत फेला

Share:

पोखरा । पोखरामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

पोखरा वडा नं १७ र वडा नं १५ को सीमाना रातोपहिरो स्थित सेती नदीको बीचमा अन्दाजी ३५र४० वर्षीय एक पुरुष मृत अवस्थामा फेला परेका हुन् ।

हालसम्म नामथर नखुलेका ती पुरुषको मंगलबार बिहान ७ः४० बजे सेती नदीको बीच भागमा मृत अवस्थामा भेटिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

उक्त स्थानमा प्रहरी टोली पुगि घटनाको बारेमा थप अनुसन्धान थालेको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: