पोखराका ५ र तनहुँका १ कोरोना संक्रमितको मृत्यु

Share:

पोखरा । गण्डकी प्रदेशमा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कास्कीको पोखरा महानरपालिकाका मात्रै ५ जना र तनहुँको व्यास नगरपालिकाका १ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

निर्देशनालयका अनुसार कास्कीको पोखरा महानरपालिका वडा नं. ३२ का ४२ वर्षीय कोरोना संक्रमित महिलाको मंगलबार राति ११ बजे मृत्यु भएको छ । कार्तिक १६ गते कोरोना पुष्टि भएपछि उपचाररत ती महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा उपचारका क्रममै मृत्यु भएको हो ।

सोही अस्पतालमा पोखरा महानरपालिका वडा नं.२६ का ७३ वर्षीय संक्रमित पुरुषको पनि मृत्यु भएको छ । कार्तिक १५ गते कोरोना पुष्टि भएका ती पुरुषको उपचारका क्रममा बुधबार बिहान ०७ः२५ बजे मृत्यु भएको हो ।

यस्तै कास्कीको पोखरा महानरपालिका वडा नं. २५ का ५२ वर्षीय कोरोना संक्रमित पुरुषको पनि सोही अस्पतालमा मृत्यु भएको छ । कार्तिक १५ गते नै कोरोना पुष्टि भएका ती पुरुषको उपचारका क्रममा बुधबार बिहान ०७ः३० बजे मृत्यु भएको हो ।

यसैगरी कास्कीको पोखरा महानरपालिका वडा नं. १६ का २८ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । ती पुरुषको मणिपाल शिक्षण अस्पतालमा मंगलबार बिहान १०ः४५ बजे मृत्यु भएको छ । ती पुरुषमा कार्तिक १६ गते कोरोना पुष्टि भएको थियो ।

पोखरा महानरपालिका वडा नं. १६ कै अर्का ५९ वर्षीय संक्रमित पुरुषको पनि मृत्यु भएको छ । कार्तिक १५ गते कोरोना पुष्टि भई उपचाररत ती पुरुषको मंगलबार राति ११ बजे चरक मेमोरियल अस्पतालमा मृत्यु भएको हो ।

त्यस्तै चरक मेमोरियल अस्पताल पोखरामै तनहुँ जिल्लाको व्यास नगरपालिका वडा नं. ४ का ७० वर्षीय संक्रमित पुरुषको पनि मृत्यु भएको छ । कार्तिक १३ गते कोरोना पुष्टि भई उपचाररत ती पुरुषको बुधबार दिउँसो १२ः४५ बजे मृत्यु भएको हो ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९३ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: