कोरोनाः नेपालमा थप ३३०९ जनामा पुष्टि, ३० संक्रमितको मृत्यु, ३८४४ जना संक्रमणमुक्त

Share:

काठमाडौँ । नेपालमा थप ३ हजार ३०९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १३०४ महिला र २००५ पुरुष गरी ३ हजार ३०९ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या १ लाख ८२ हजार ९२३ पुगेको छ ।

बुधबार सबैभन्दा धेरै काठमाडौँका १५७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै कास्कीका १९८ जना, ललितपुरका १८९ जना, मोरङका १७२ जना, सुनसरीका १३० जना, भक्तपुरका ११९ जना, रुपन्देहीका ११० जना, चितवनका ८८ जना, झापाका ६८ जना, काभ्रेका ६६ जना, नुवाकोटका ६२ जना, मकवानपुरका ४९ जना, बाँकेका ४६ जना, अर्घाखाँचीका २७ जना, तनहुँका २४ जना, स्याङ्जाका २३ जना, धनुषाका २२ जना, बर्दियाका १९ जना, नवलपुर र कैलालीका १८/१८ जना, दोलखाका १६ जना, पाँतथर, धादिङ, गोरखा र म्याग्दीका १५/१५ जना, सिन्धुपाल्चोकका १४ जना, उदयपुर, बारा र सिन्धुलीका १३/१३ जना तथा रौतहट र पाल्पाका १२/१२ जनामा कोरोना संक्रमण देखिएको छ ।

सप्तरी र नवलपरासीका १०/१० जना, महोत्तरी, रामेछाप र प्युठानका ९/९ जना, सिराहा र दाङका ८/८ जना, लमजुङका ७ जना, कपिलवस्तु, दैलेख रुकुम पश्चिम र बझाङका ६/६ जना, बैतडीका ५ जना, धनकुटा, सर्लाही र जुम्लाका ४/४ जना, पर्वत र डडेलधुराका ३/३ जना, भोजपुर, पर्सा, बाग्लुङ, गुल्मी, कालीकोट, सुर्खेत, अछाम र डडेलधुराका २/२ जना तथा इलाम, खोटाङ, ताप्लेजुङ, रसुवा, कञ्चनपुर र दार्चुलाका १/१ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको हो ।

हालसम्म नेपालमा १ लाख ४४ हजार ९७८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ३ हजार ८४४ जना संक्रमणमुक्त भएका हुन् ।

यस्तै पछिल्लो २४ घण्टामा ३० जना कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३४ पुगेको छ ।

हाल देशभर ३६ हजार ९११ जना संक्रिय संक्रमित छन् । उनीहरुमध्ये ३० हजार १३१ होम आइसोलेसनमा छन् भने ३९७ जनाको आईसीयू र ७८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा मात्र १३ हजार १४४ परिक्षण भएको छ । यससँगै नेपालमा हालसम्म १४ लाख ९४ हजार १२२ पीसीआर परिक्षण भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: