
पोखरा । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले पर्यटन व्यवसायीको हकहित तथा रक्षाको निम्त्ति प्रदेश सरका सधैँ कटिबद्ध रहेको बताए छन् ।
ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घको १६औँ अधिवेशनएवं २७औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री लम्सालले नजिक बाट प्रदेश सरकारले पर्यटन व्यवसायी सँग सहकार्य गर्दै अगाडी बढ्ने बताए । “पर्यटन क्षेत्रमाकोभिड १९ ले धेरै असर पारेको छ,पर्यटन व्यवसाय धरासायी बन्न पुगेको छ, पर्यटन व्यवसायीले खर्बौ लगानी नोक्सानी व्योर्होनु परेको छ, मन्त्री लम्सालले भने” पर्यटन व्यवसयलाई कसरी बचाउन सकिन्छ भनेर हामी गम्भिरतापूर्वक लागेका छौँ ।, उनले कोरोना कहरका कारण सिर्जित असहज परिस्थितिलाई दृष्टिगत गरी व्यवसायको रक्षाका लागि नेपाल सरकारले मौद्रिक निति र प्रदेश सरकारले छुट्याएको एक अर्बको कोष चाँडै व्यवसायीका हातमा पुग्ने विश्वास व्यक्त गरे ।
कोभिड १९ का कारण देखा परेको समस्याको समाधान गर्न सरकार, पर्यटन व्यवसायी र नागरिक समाज एकताबद्ध रुपमा लाग्न पर्नेमा जोड दिए ।
मन्त्री लम्सालले कोरोना सङ्क्रमणले पर्यटन क्षेत्रमा विषम परिस्थिति निम्त्याएको बताउँदै यसका बाबजुद पनि सरकार विभिन्न किसिमबाट पर्यटन प्रवद्र्धनमा लागेको जानकारी दिए । कोरोनाका कारण गण्डकीको पर्यटनमा दैनिक १३ करोडभन्दा बढी नोक्सानी व्यहोर्नु परेको बताउँदै उनले प्रकृति, संस्कृतिका साथै साहसिक पर्यटन यहाँको विशिष्टता भएको उल्लेख गरे ।
पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष एवम् टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घका पूर्वअध्यक्ष टीकाराम सापकोटाले पाँच खर्ब भन्दा बढी लगानी भएको पर्यटन क्षेत्रमा कोरोना सङ्क्रमणका कारण ७५ हजार जनाले रोजगारी गुमाएको बताए ।कोरोनाले विभिन्न क्षेत्र धराशायी बनाएको उल्लेख गर्दै उनले सरकारले मौद्रिक नीति कार्यान्वयनमा ल्याउन नसकेको बताए ।
टानका केन्द्रीय उपाध्यक्ष चोलेन्द्र बहादुर कार्कीले जथाभावी बाटो खन्ने नाममा पदयात्रा मार्गहरू जोखिममा परेको बताउँदै पदयात्रा क्षेत्रमा बाटो खन्दा टानसँग समन्वय गर्नुपर्नेमा जोड दिए।
टान पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष हरि भुजेलले कोरोना कहरका कारण पदयात्रा पर्यटनसहित समग्र पर्यटन नै संकटमा परेको बताए । टान पश्चिमाञ्चल क्षेत्रीय संघका प्रथम उपाध्यक्ष सुशीलराज पौडेल, सचिव जीवनराज सापकोटा लगायतले पदयात्रा पर्यटनमा देखिएका समस्याबारे उल्लेख गरे ।
अधिवेशन तथा साधारणसभाका अवसरमा संघका तर्फबाट नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको निर्माणाधीन भवनका लागि ५० हजार उपलब्ध गराइएको थियो भने राष्ट्रिय समाचार समिति (रासस) पोखरा समाचारदाता जमुना वर्षा शर्मा लाई ‘पर्वतीय पर्यटन पत्रकारिता पुरस्कार–२०७७’ बाट सम्मानित गरिएको थियो । पर्वतीय पर्यटनका साथै समग्र पर्यटनका विविध पक्षमा पत्रकारिताका माध्यमबाट योगदान पु¥याएको भन्दै उनलाई १० हजार नगद सहित सम्मान पत्र र दोसल्लाबाट सम्मान गरिएको हो ।
