कास्कीका ११५ सहित गण्डकीमा थप १९३ जनामा कोरोना पुष्टि

Share:

पोखरा । कास्कीका ११५ जना सहित गण्डकी प्रदेशमा थप १९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८ हजार ४५७ पुगेको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले बिहीबार (आज) हालसम्म ४ पटक विज्ञप्ति जारी गरी सो बारे जानकारी दिएको छ ।

संक्रमित हुनेमा कास्कीका ११५ जना सहित नवलपुरका ४७ जना, पर्वतका १४ जना, तनहुँका ११ जना तथा बाग्लुङ, स्याङजा र लमजुङका २/२ जना रहेका छन् ।

कास्कीमा थपिएका संक्रमित मध्य पोखरा महानगरपालिकाका मात्रै ११२ जना हुन् भने अन्नपूर्ण गाउँपालिकाका ३ जना रहेका छन् ।

निर्देशनालयले जारी गरेको चौथो (पछिल्लो) विज्ञप्ति अनुसार कास्की जिल्लाको पोखरा महानगरका मात्रै १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै तेस्रो विज्ञप्ति अनुसार कास्कीको पोखरा महानगरका ४४ जना तथा अन्नपूर्ण गाउँपालिकाका ३ जना, बाग्लुङका १ जना, लमजुङका २ जना, तनहुँका ११ जना र पर्वतका १२ जनामा कोरोना देखिएको छ ।

दोस्रो विज्ञप्ति अनुसार स्याङ्जाका १ जना र कास्कीको पोखराका ४७ जनामा कोरोना संक्रमण भएको छ ।

पहिलो विज्ञप्ति अनुसार कास्कीका ६ जना, बाग्लुङका १ जना, पर्वतका २ जना, स्याङ्जाका १ जना र नवलपुरका ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: