
पोखरा । गण्डकी प्रदेशमा थप ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार दिउँसो कास्कीको पोखरा महानगरपालिकाका १८ जना र नवलपुरको गैंडाकोट नगरपालिकाका ४२ जना गरी ६० जनामा कोरोना देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
संक्रमित हुनेमा कास्कीको पोखरा महानगरपालिका वडा नं. ३ का १२ वर्षीय पुरुष, वडा नं.५ का ६३ र ४३ वर्षीया महिला, वडा नं.७ का ३६ वर्षीय पुरुष, वडा नं.८ का ४९ वर्षीय पुरुष, वडा नं.९ का ४९ वर्षीय पुरुष तथा २२ वर्षीया महिला, वडा नं.१० का ७७ वर्षीय पुरुष, वडा नं.११ का ७७ वर्षीय पुरुष, वडा नं.१२ का २८ र ६७ वर्षीय पुरुष तथा २३, २५ र ४८ वर्षीया महिला, वडा नं.१३ का १९ र ३६ वर्षीय पुरुष, वडा नं.१७ की २५ वर्षीया महिला, वडा नं.२० का २७ वर्षीय पुरुष रहेका छन् ।
यस्तै नवलपुरको गैंडाकोट नगरपालिकाका ९ वर्षीय बालक देखि ७१ वर्ष उमेर समुहका २८ पुरुष तथा २४ देखि ६७ वर्ष उमेर समुहका १४ महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८ हजार ५४३ पुगेको छ ।
