कोरोनाः नेपालमा ३०५१ संक्रमित थपिए, १८ को मृत्यु, ३४०३ जना संक्रमणमुक्त

Share:

काठमाडौँ । नेपालमा थप ३०५१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १२०९ महिला र १८४२ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ८५ हजार ९७४ पुगेको छ।

मन्त्रालयका अनुसार आज काठमाडौँ उपत्यकामा मात्र १३९८ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौँका १०९१ जना, ललितपुरका १६० जना र भक्तपुरका १४७ जना छन् ।

यसैगरी पछिल्लो २४ घण्टामा थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५२ पुगेको छ।

हालसम्म नेपालमा १ लाख ४८ हजार ४०८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ३ हजार ४०३ जना संक्रमणमुक्त भएका हुन् ।

हाल देशभर ३६ हजार ५१४ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये २९ हजार ५७४ संक्रमित होम आइसोलेसनमा छन् भने ४२८ जनाको आईसीयू र ७४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । क्वारेन्टीनमा रहनेको संख्या १ हजार २३२ रहेको छ ।

गत २४ घण्टामा १३ हजार ६८ परिक्षण भएको छ । हालसम्म १५ लाख ७ हजार १९० परिक्षण भएको मन्त्रालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: