
पोखरा । पोखरा १७ ड्यामसाईड निवासी समाजसेवी तथा पुर्व अन्तराष्ट्रिय खेलाडी खड्गबहादुर रानाभाट र श्रीमती सकुन सिंहलाई कोरोना संक्रमण पुष्टी भएको छ ।
रानाभाट नौलो घुम्ती नेपालको अध्यक्ष, रानाभाट/भाट समाजको पुर्व अध्यक्ष, भुतपुर्व खेलाडी मञ्चको संस्थापक अध्यक्ष, लगाएत विभिन्न संघसंस्थामा आवद्ध छन् भने उनकी धर्मपत्नी सिंह नौलो घुम्ती नेपालका पुर्व सह–सचिव, हाल मणिपाल शिक्षण अस्पताल पोखराको क्याम्पस प्रमुख हुन् ।
विभिन्न सामाजिक कार्यहरुमा सहभागी हुने शिलशिलामा कोरोना पोजेटिभ भएको पुष्टि भई होम आइसोलेशनमा रहेका छन् । उनीहरुको अवस्था सामान्य रहेको छ । पछिल्लो समय उनीहरुसँग कही कतै कोही सम्पर्कमा रहेका भए सुरक्षित तथा सचेत रहन समेत अनुरोध गरेका छन् ।
कमेन्ट गर्नुहोस्
