
पोखरा । पोखरामा उपचाररत तनहुँकी एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको कोभिड उपचार केन्द्रको सघन उपचार कक्षमा उपचाररत तनहुँ व्यास ५ की ८२ वर्षीया संक्रमित महिलाको बिहीबार बिहान ७ः०० बजे मृत्यु भएको हो ।
यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९६ पुगेको छ ।
कमेन्ट गर्नुहोस्
